राजनीति

भ्रष्टाचारको फोहोर सफा गरिन्छ : नवनियुक्त मन्त्री त्रिपाठी

Banner

काठमाडौँ मंसिर ५-

नवनियुक्त संघीय मालिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले भ्रष्टाचारको फोहोरलाई पारदर्शीतामार्फत् सफा गरिने बताएका छन्।

बिहीबार पदभार ग्रहण गर्दै मन्त्री त्रिपाठीले भ्रष्टाचार र अनियमितता रोक्ने उपाय नै पारदर्शीता रहेको बताएका हुन्।

‘भ्रष्टाचारको फोहोर अँध्यारोमा देखिन्न, उज्यालो हुनुबित्तिकै फोहोर सफा गरिन्छ,’ मन्त्री त्रिपाठीले भने।उनले अघिल्लो मन्त्रीले मेहेनतसाथ काम गरेको भन्दै अगाडिको कामलाई पनि निरन्तरता दिने बताए।‘मन्त्री परिवर्तन हुने बित्तिकै केरके न होला भन्ने होइन। कार्यशैली आ-आफ्नो हुन्छ’, उनले भने।उनले दुइटा नीतिगत र संरचनात्मक समस्या रहेकोमा व्यक्तिलाई मात्र दोषी देख्न नहुने जनाए।‘ड्राइभर बलियो राखिदिएर कम पावरको गाडी चलाउन दियो भने कुरो उही हुन्छ,’ उनले भने।

सुरूमा कर्मचारी समायोजन र संसदमा विचाराधीन रहेको निजामती सेवा ऐनलाई टुंग्याउने मन्त्री त्रिपाठीले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>