राजनीति

मन्त्रालयबाट बाहिरिएपछि सरकारी गाडी छाडेर भाडाको ट्याक्सीमा गए गोकर्ण विष्ट

Banner

काठमाडौं,मंसिर ५-

निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री मन्त्री गोकर्ण विष्ट सिंहदरबारबाट ट्याक्सीम चढेर घर फर्किएका छन् । मन्त्रीका रुपमा पाएको गाडी सुविधा बिहीवारै फिर्ता गरेर विष्ट ट्याक्सीमा घर फर्केका हुन् ।

मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा सहभागी भएपछि घर फर्किने क्रममा विष्ट ट्याक्सी चढेका हुन् । कार्यक्रममा बोल्दै विष्टले पदमा रहँदासम्म श्रमिक र बेरोजगारका लागि इमान्दारीपूर्वक काम गरेको बताएका छन् । मन्त्री विष्टले जनताको पक्षमा काम गर्नु जोखिमपूर्ण हुन्छ भन्ने अनुमान आफूले पहिल्यै गरेपनि त्यसको अनुभव अहिले गरेको बताएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>