राजनीति
सामाजिक सञ्जालमा जनजनको प्रश्नः गोकर्णलाई मन्त्रीबाट किन हटाइयो ?

चितवन,मंसिर ५-
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको मन्त्री पद गुमेसँगै सामाजिक सञ्जालमा चर्चा चुलिएको छ । विष्टको मन्त्री पद गुमेसँगै सामाजिक सञ्जालमा सकारात्मक र नकारात्मक आलोचना भइरहेको हो । विष्टलाई श्रममन्त्रीबाट हटाएर रामेश्वर राय यादवलाई श्रममन्त्रीको नयाँ जिम्मेवारी दिइएको छ ।
श्रम मन्त्रीविष्टले आन्तरिक श्रम बजार, वैदेशिक रोजगारी र अन्य नीतिगत सुधार काम राम्रो काम गर्दागर्दै हटाएको भन्दै सामाजिक सञ्जालमा विरोध भएको हो । सामाजिक सञ्जाल प्रयोगकर्ताले अन्य केही मन्त्रीसँग तुलना गर्दै उनीहरुले गरेको राम्रो र विष्टले गरेको नराम्रो के हो भन्दै प्रधानमन्त्रीलाई प्रश्नसमेत गरेका छन् ।
२०७४ चैत्र २ गते श्रम मन्त्रालयको जिम्मेवारी सम्हालेका श्रममन्त्री विष्टले २१ महिना श्रम मन्त्रालय धेरै सुधारका काम सुरु गरेको दाबी गरेका छन् ।
























