राजनीति

जति दिन श्रममन्त्रीको रुपमा रहे ज्यामी माहुरीले जस्तै काम गरेँ : गोकर्ण विष्ट

Banner

काठमाडौं मंसिर ५-

निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आफू मन्त्री पदमा रहँदा ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेको बताएका छन्। बिहीबार बिहान फेसबुकमा स्टाटस लेख्दै उनले वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिकको पक्षमा इमानदारीपूर्वक काम गरेको प्रतिक्रिया दिएका छन्।

प्रधानमन्त्री केपी ओलीले बुधबार राति ६ मन्त्री र ३ राज्यमन्त्री फेरबदल गरेका थिए। ‘जति दिन श्रममन्त्रीको रुपमा रहेँ( वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिकहरु र वेरोजगार युवाहरुको पक्षमा इमानदारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेँ।’ विष्टले लेखेका छन्,‘अहिले मन्त्रीबाट बाहिरिएको छु ( थप उर्जा र प्रेरणाका साथ।’ मन्त्री पदबाट हटेपछि उनले सुधार अभियानमा साथ दिने सहयोगी, शुभचिन्तक एवं सबै दाजुभाइ दिदीबहिनीहरुलाई धन्यवादसमेत दिएका छन‍्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>