राजनीति

सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले भने -‘ मलाई कुनै रोग छैन, ढुक्कले २० वर्ष बाँच्छु’

Banner

काठमाडौँ  मंसिर ४ –

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई ‘सञ्चो’ भएको बताएका छन् । बुधबार बालुवाटारमा बसेको सचिवायलय बैठकमा आफ्नो स्वास्थ्यबारे सचिवायलय सदस्यलाई जानकारी दिँदै डायलसिस गरेपछि स्वस्थ भएको बताएका थिए ।

सचिवयालय बैठकमा उपस्थित एक नेताले ओलीको भनाइ उद्धृत गर्दै भने, ‘मलाई कुनै रोग छैन । म सम्पूर्ण रुपले स्वस्थ भइसकेँ । अब ढुक्कले २० वर्ष बाँच्छु ।’ आफ्नो स्वास्थ्यबारे बैठकमा ब्रिफिङ गर्दै ओलीले यस्तो भनेका हुन् ।

ओलीको मिर्गौलामा समस्या आएपछि थप उपचारको विदेश जाने चर्चा चलिरहेपनि त्यसबारे उनले बैठकमा केही बताउन चाहेनन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>