राजनीति
बालुवाटारको प्रधानमन्त्री निवासको मुख्य भवन आज भत्काइँदै
०

काठमाडौं मसिंर ४
बालुवाटारमा रहेको प्रधानमन्त्री निवासको मुख्य भवन आज भत्काइने भएको छ । नयाँ भवनको लागि ट्न्डर आह्वान भइसकेकाले आज भत्काउन लागिएको बालुवाटार स्रोतले जानकारी दिएको छ । डा. तुलसी गिरी प्रधानमन्त्री भएका बेला निर्माण गरिएको थियो । गिरी २०३२ सालमा प्रधानमन्त्री भएका थिए ।
“प्रधानमन्त्रीज्यूको लागि नजिकै एकतले नयाँ भवन बनेको छ,” प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने, “नयाँ भवन बनाउनका लागि टेन्डर पनि आह्वान भएकाले भत्काउन लागिएको हो ।” उक्त भवन आजै भत्काउन लागिएको उनले जानकारी दिए । नयाँ भवन निर्माणका लागि ३३ करोडमा कन्टेक प्रालि नक्सालसँग सम्झौता भइसकेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























