राजनीति
मन्त्रिमण्डल हेरफेरको अन्तिम तयारी : नेकपा सचिवालय बैठक बस्दै
०

काठमाडौं मंसिर ४-
मन्त्रिपरिषद हेरफेरको अन्तिम तयारीबारे छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दिउँसो साढे १२ बजे सचिवालय बैठक बस्न लागेको जानकारी दिए ।
यो बैठकबाट पुनर्गठित मन्त्रिपरिषदमा रहने सदस्यहरुको टुंगो लाग्ने अनुमान छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारै मन्त्रिपरिषद हेरफेर गर्दैछन् । तर, शपथ ग्रहणको समय भने टुंगो लागेको छैन ।
शपथग्रहण समारोहको समयको विषयमा राखिएको जिज्ञासामा प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भने, ‘सचिवालय बैठकपछि हुने भन्ने छ, तर समय टुंगो लागिसकेको छैन ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























