राजनीति

प्रकाशको दोस्रो स्मृति दिवसमा दिदीहरुको भावुक स्टाटस : तिम्ले छाडेका जिम्मेवारी पूरा गर्दैछु बाबु !

Banner

काठमाडौँ मंसिर ३-

नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको २ वर्ष पूरा भएको छ ।आजैका दिन अर्थात् २०७४ साल मंसिर ३ गते लाजिम्पाटस्थित तत्कालीन निवासमै प्रकाशको निधन भएको थियो ।

दोस्रो स्मृति दिवसमा प्रकाशलाई उनका दिदीहरू रेणु दाहाल र गंगा दाहालले फेसबूकमार्फत् सम्झिएका छन् ।’बाबु कसरी लेखुँ तिम्रो अभावमा परिवारको अवस्था कस्तो छ, तिम्ले छाडेका जिम्मेवारी पूरा गर्ने कोशिश गर्दैछु बाबु । ?? Miss you every second ?Rest in peace❤️ ??’ प्रचण्डकी कान्छी छोरी गंगा दाहालले फेसबूकमा लेखेकी छन् ।

प्रकाशले सम्हाल्दै आएको प्रचण्डको सचिवालयको जिम्मेवारी हाल गंगा दाहालले सम्हाल्दै आएकी छन् ।भरतपुर महानगरपालिकाकी मेयर समेत रहेकी प्रकाशकी माइली दिदी रेणु दाहालले पनि प्रकाशको सम्झनामा फेसबूक स्टाटस लेखेकी छन् ।

‘दोस्रो स्मृति दिवस भावपूर्ण श्रद्धाञ्जली बाबु । Miss you babu !’ रेणुले फेसबूकमा लेखेकी छन् ।प्रचण्डका चार छोराछोरीमध्ये जेठी छोरी ज्ञानु दाहालको पनि निधन भइसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>