राजनीति
नेमकिपाका वडाध्यक्षको उम्मेदवारसहित नेकपा प्रवेश
०

मध्यपुरथिमि, मङ्सिर २-
नेपाल मजदूर किसान पार्टीमा विभिन्न तहमा रहेका नेताहरु पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । गत २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा चाँगुनारायण नगरपालिका–८ सुडालमा नेमकिपाबाट वडाध्यक्ष पदको उम्मेदवार भएका गणेशप्रसाद दुलालसहित २० जना नेता, कार्यकर्ता नेकपामा प्रवेश गरेको नेकपाका जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिए ।
नेकपा प्रवेश गरेकाहरुलाई आज नेकपाले पार्टी प्रवेश कार्यक्रम गरेर स्वागत गरेको उनले बताए । नेकपा प्रवेश गरेका सबैलाई भक्तपुर इन्र्चाज दिलीप प्रजापति, सहइन्र्चाज सोमप्रसाद मिश्र, पार्टी जिल्ला अध्यक्ष बचन देउजा, नेकपा पार्टी सचिव तथा प्रदेशसभा सदस्य पदका उम्मेदवार डीपी ढकाललगायतले स्वागत गरेका थिए । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























