राजनीति

माडीमा हात्तीको आक्रमणबाट बाबुछोराको मृत्यु भएको खबरले मर्माहत भएँः प्रचण्ड

Banner

चितवन,कात्तिक ३०

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जङ्गली हात्तीको आक्रमणबाट चितवनका बाबुराम पौडेल र राजु पौडेलको मृत्यु भएको खबरले आफू अत्यन्त मर्माहत भएको बताउनुभएको छ । उहाँले मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

जङ्गली हात्तीको आक्रमणबाट आज चितवनको माडी नगरपालिका–१ बरुवाका ६५ वर्षीय बाबुराम र उहाँका ३५ वर्षीय छोरा राजुको मृत्यु भएको थियो । पूर्वप्रधानमन्त्री दाहालले मृतक परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग आग्रहसमेत गर्नुभएको छ । चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट पटकपटक भइरहेको धनजनको क्षतिप्रति गम्भीर ध्यानाकर्षण गराउँदै उहाँले यसप्रकारका घटना दोहोरिन नदिन र जनताको जनधनको सुरक्षा गर्न सम्बन्धित पक्षसँग आग्रह गर्नुभएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>