राजनीति

सत्तामा हुँदा मैले कालापानीको विषय जोडदार रुपमा उठाएकै हूँः देउवा

Banner

कञ्चनपुर,कात्तिक ३०-

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू सत्तामा रहँदा कालापानीको विषय जोडदार रूपमा उठाएको दाबी गरेका छन् । कञ्चनपुरको महेन्द्रनगरमा शनिबार आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्रीसमेत रहेका उनले वर्तमान सरकारले लिपुलेक, कालापानीलगायत सीमा अतिक्रमणका विषय सशक्त रुपमा उठान नगरेको आरोप लगाए ।

कालापानी नेपालको भू–भाग हो, उनले भने,मैले बेला–बेला कालापानीको विषय उठाउँदै आएको छु । महाकाली सन्धिमा महाकाली नदी सीमा नदी उल्लेख गरिएको दाबी गर्दै उनले महाकालीको पानी पनि आधा–आधा हुने सन्धिमै स्पष्ट रहेको बताए ।

त्यस्तै सभापति देउवाले कुटनीतिक र वार्ताको माध्यमद्वारा सीमा विवाद समाधान गनुपर्ने बताए । उनले सरकाले राष्ट्रवादको नारा दिए पनि त्यसअनुसार काम गर्न नसकेको आरोप लगाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>