राजनीति

बाँकेमा कांग्रेसको बन्द, जनजीवन प्रभावित

Banner

नेपालगञ्ज,कात्तिक २९ –

तरुण दलका नगर सभापति सन्दीपजंग शाहसहित चार जनालाई हतियारसहित पक्राउ गरेर हिरासतमा राखेको विरोधमा तरुण दलको अगुवाईमा नेपाली काँग्रेसले बाँके बन्द गरेको छ । आफ्ना नेता तथा कार्यकर्तालाई प्रहरीले हतियार राखेर फसाएको दावी गर्दै आएको तरुण दलले निरन्तर आन्दोलन गर्ने क्रममा बाँके बन्द गराएको हो । कांग्रेस नेता तथा कार्यकर्ताहरुले यातायात र बजार बन्द गराउदै हिँडेका छन् । शैक्षिक संस्था, कलकारखाना बन्द नै रहेका छन् ।

बजारका चोकचोकमा बसेर कांग्रेसका कार्यकर्ताहरुले मोटरसाइकल र अटोरिक्सासमेत बन्द गराएका छन् । बाँके प्रहरीले अप्रिय घटना हुन नदिन चोकचोकमा ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>