राजनीति

बाबुरामको प्रतिवेदनः उपनिर्वाचन नेकपाले जिते निरंकुशता

Banner

काठमाडौं,कात्तिक २८-

समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले मंसिर १४ मा हुने उपनिर्वाचन सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको पक्षमा गए त्यसले निरंकुशता आउने उल्लेख गरेका छन्। बिहीबार काठमाडौंमा भएको पार्टीको संघीय परिषद् बैठकमा भट्टराईले पेश गरेको राजनीतिक प्रतिवेदनमा उपनिर्वाचन सत्तारूढ पार्टी नेकपाको जनमत नाप्ने ब्यारोमिटर पनि भएको बताएका छन्।

‘उपनिर्वाचन सत्तारूढ पार्टीप्रतिको जनमतको आकर्षण वा विकर्षण नाप्ने ब्यारोमिटर पनि हो,’ भट्टराईले तयार पारेको प्रतिवेदनमा भनिएको छ, ‘यति धेरै नालायकी, भ्रष्टता र अकर्मण्यताका बाबजुद मतपरिणाम नेकपाकै पक्षमा देखिएमा त्यसले निरंकुशता र फाँसीवादलाई प्रोत्साहन गर्नेछ। त्यो कसैको हितमा हुने छैन।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>