राजनीति

बंगलादेशका राष्ट्रपतिले भनेः प्रचण्ड क्रान्तिकारी नेता

Banner

काठमाडौं,कात्तिक २७-

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डलाई क्रान्तिकारी नेता भन्दै प्रशंसा गरेका छन् । नेपालको औपचारिक भ्रमणमा रहेका हमिदसँग नेकपा अध्यक्ष प्रचण्डले बुधवार विहान होटल मेरियटमा शिष्टाचार भेट गरेका हुन् ।

भेटका क्रममा हमिदले प्रचण्डलाई आफूले क्रान्तिकारी नेताका रुपमा चिनेको भन्दै नेपालको परिवर्तनमा प्रचण्डको भूमिका महत्वपूर्ण रहेको बताएका थिए । पूर्वप्रधानमन्त्री प्रचण्डको जनयुद्धकालीन नेतृत्वतर्फ हमिदले संकेत गरेको हुनसक्ने नेकपा नेताहरु बताउँछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>