राजनीति

भारतविरुद्ध नेविसंघको प्रदर्शन, मागियो प्रधानमन्त्रीको राजीनामा

Banner

काठमाडौं कात्तिक, २६-

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।

भारतले नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेको विरोधमा मंगलबार प्रदर्शनमा उत्रिएका नेविसंघका विद्यार्थीले प्रधानमन्त्रीको राजीनामा मागेका हुन् । राष्ट्रियता जोगाउन प्रधानमन्त्री असफल भएकाले राजीनामा दिनुपर्ने उनीहरूको भनाइ छ ।

नेविसंघ काठमाडौंको आयोजनामा चाबहिलमा गरिएको विरोध प्रदर्शनमा सहभागीहरूले ‘सरकार कता हरायो ?राष्ट्रियता जोगाउन किन डरायो ?’, ‘केपी ओलीको राष्ट्रवाद हेरियो, राष्ट्रकै नक्सा फेरियो’, ‘साथ दिन प्रतिपक्षी यहाँ छ, प्रधानमन्त्री ज्यू हाम्रो कालापानी कहाँ छ ?’ लगायतका नारा लेखिएका प्लेकार्ड, ब्यानर र राष्ट्रिय झण्डा बोकेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>