राजनीति

हामी एक इञ्च भूमि पनि छोड्दैनो ,कसैको एक इञ्च भूमि पनि चाहिएको छैन : प्रचण्ड

Banner

काठमाडौँ कात्तिक २५-

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल र भारतको सीमाको समस्या अन्तर्राष्ट्रियकरण गर्ने बेला नभएको बताएका छन्।सोमबार बैठकमा भाग लिँदै प्रचण्डले सीमा समस्या आपसी छलफल र संवाद गरेर टुंग्याउनु पर्ने बताए।

‘सीमा समस्या अहिल्यै अन्तर्राष्ट्रियकरण गर्ने समय भएको छैन,’उनले भने, ‘अन्तर्राष्ट्रियकरण गर्‍यो भने झन् समस्या पैदा हुन्छ।’उत्तेजना फैलाएर समस्या समाधान नहुने उनले तर्क गरे।आफूहरूले एक इञ्च पनि भूमि नछोड्ने र अरूलाई पनि एक इञ्च भूमि नछाड्ने उनले बताए।

‘हामी एक इञ्च पनि भूमि छोड्न सक्दैनौं र हामीलाई कसैको एक इञ्च भूमि पनि चाहिएको छैन’, उनले भने।

अहिले नेपाल र भारतमा स्थिर सरकार भएकोले समस्या समाधान गर्ने बेला भएको उनले तर्क गरे।

‘र उक्त समस्याको समाधान राजनीतिक र कूटनीतिक तवर गर्नुपर्छ’, उनले भने।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>