राजनीति
नेपाल भारतसीमा विवादः सचिवस्तरमा छलफल गर्न भारत तयार
०

काठमाडौं,कात्तिक २९-
कालापानी क्षेत्रको सीमा विवाद समाधानका लागि परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक बस्न भारत तयार भएको छ ।बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको नेपाल भ्रमणलगत्तै बैठक बस्ने भनिए पनि मिति भने तय भएको छैन ।
भारतले हालसालै कालापानी क्षेत्रको नेपाली भूभागलाई समेटेर नयाँ नक्सा जारी गरेपछि नेपालमा विरोध भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बोलाएको सर्वदलीय सार्वपक्षीय बैठकले समेत लिम्पियाधुराको कुटियाङ्दी नदीसम्म नेपालको भूभाग भएको निष्कर्ष निकाल्दै भारतसँग उच्चस्तरमा राजनीतिक तथा कूटनीतिक संवाद गर्न सरकारलाई सुझाव दिएको थियो ।
परराष्ट्र मन्त्रालय स्रोतकाअनुसार नेपालले अनौपचारिक सम्वादहरुमा आफ्नो अडान राखिसकेको छ । भारतस्थित नेपाली राजदूत निलाम्बर आचार्यले समेत विदेश सचिव गोपाल गोख्लेलाई भेटे नेपालको चासो राखेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























