मध्य नेपाल

वीरगंजमा लाग्यो नरेन्द्र मोदी मुर्दावादको नारा,कालापानी र लिपुलेकमा सेना राख्न माग

Banner

वीरगंज, कार्तिक २४-

भरतले नेपाली भुमी कब्जा गरेको भन्दै आज वीरगंज स्थित भारतीय महावाणिज्य दूतावास अगाडि प्रर्दशन गरिएको छ । नेकपा निकट अनेरास्ववियु र देश बचाउ संर्घष समिती तथा नेपाल विद्वत परिषदले भारत बिरुद्ध प्रर्दशन गरेका हुन । कालापानी, लिपुलेक ,लुम्पियाधुरा हाम्रो हो, नेपाली सिमा मिच्न पाईदैन, नरेन्द्र मोदी मुर्दावाद ,भारतीय बिस्तारवाद मुर्दावाद लगायतका नारा लगाउदै सयौं युवाहरुले प्रर्दशन गरेका थिए ।

घण्टाघरबाट शुरु प्रर्दशन भारतीय महावाणिज्य दूतावास अगाडी पुगेर कोण सभामा परिणत भएको थियो। वक्ताहरुले भारतले हालै प्रकाशन गरेको नक्सामा नेपाली भुमीलाई भारतमा देखाएकोमा कडा आपति जनाएका थिए । भारतले नेपाली भुमि तत्काल फिर्ता नगरे कडा आन्दोलन गर्ने समेत उनिहरुले चेतावनी दिएका छन् । सिमानाकामा नेपाली सेना तैनाथ गर्न उनिहरुले माग राखेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>