राजनीति
लिपुलेक–कालापानी माग्दा ९ जना प्रहरी नियन्त्रणमा
०

काठमाडौं,कात्तिक २४-
भारतले नेपाली भूमिलाई आफ्नो नक्सामा पारेको विरोधमा काठमाडौँको माइतीघरमा प्रदर्शन भएको छ । प्रदर्शनको क्रममा एक दर्जनभन्दा बढी पक्राउ परेका छन् । प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) निकट ९ जना युवा र विद्यार्थीलाई काठमाडौंको माइतीघरबाट नियन्त्रणमा लिएको हो ।
नेपाली भूमि कालापानीलाई आफ्नो नक्सामा पार्नेगरी नयाँ नक्सा सार्वजनिक गरेको विरोधमा विप्लव निकट विद्यार्थी संगठनले राजधानीमा प्रदर्शनबाट ९ जना पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेको नाम खुलाइएको छैन । प्रदर्शनमा सहभागि हुन आएका विद्यार्थीलाई प्रहरीले परिचय पत्र हेर्दै पक्राउ गरेको हो । विप्लव निकट विद्यार्थी संगठनले आइतवार माइतीघर मण्डला भारतीय हस्तक्षेपको विरुद्धमा प्रदर्शन गरेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























