राजनीति
ज्यान बाजी थाप्छौं,तर एक इन्च भूमि मिच्न दिँदैनौंः परराष्ट्रमन्त्री ज्ञवाली
०

बैतडी,कात्तिक २१-
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै बैतडीको पञ्चेश्वर गाउँपालिकामा बिहीवारदेखि राष्ट्र निर्माण महामहोत्सव सुरु भएको छ। महामहोत्सवको उद्घाटन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गरेका छन्। उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले कालापानी नेपालकै भूभाग रहेको बताए। भारतीय नक्सामा नेपालको भूमि राखिएको भन्ने कुरा सञ्चारमाध्यमबाटै थाहा पाएको बताउँदै उनले भारतबाट आधिकारिक जानकारी आइनसकेको स्पष्ट पारे।
कालापानी हाम्रै हो, उनले भने, भारतीय नक्सामा नेपाली भूमि राखिएकोमा कूटनीतिक पहल भइरहेको छ। हामीले विज्ञप्ति निकालिसकेका छौँ। मित्रता आफ्नो ठाउँमा होला तर ज्यान बाजी राख्छौं एक इञ्च पनि सीमा मिच्न दिइने छैन। वर्षौदेखि कुराकानी भएर पनि अगाडि बढ्न नसकेको पञ्चेश्वर परियोजनाको काम थाल्ने सहमति भइरहेको उनले बताए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























