राजनीति
भारतीय राजदूतलाई फोन मार्फत देउवाको चेतावनीः कालापानी र लिपुलेक हाम्रो हो
०

काठमाडौं,कात्तिक २१-
नेपाली कांग्रेसले नेपाली भूमिमाथि हुने अतिक्रमण अस्वीकार्य भएको बताएको छ ।कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि भएको भन्दै उनले भारतले जारी गरेको नक्साप्रति आपत्ति जनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार नेपालस्थित भारतीय राजदूत मञ्जिभ सिंह पुरीलाई फोन गरेर नक्साप्रति आफ्नो पार्टीको ध्यानाकषर्ण भएको जनाएका छन् ।
देउवाले राजदूत पुरीलाई कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेको स्मरण समेत गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























