राजनीति

‘कालापानी नेपालको हो, समस्या समाधानमा सरकार गम्भीर छ’

Banner

काठमाडौँ,कात्तिक २१-

भारतले कालापानीलाई आफ्नो नक्सामा पारेर नेपालको भूमि मिचेको भन्दै त्यसको चर्को विरोध भइरहेका बेला सरकारका प्रवक्ता गोकुल बास्कोटाले कालापानी नेपालको भएको र समस्या समाधानमा सरकार गम्भीर रहेको बताएका छन्। बिहीबार पछिल्लो मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक कार्यक्रममा बास्कोटाले कालापानीको सम्बन्धमा सरकारको दृष्टीकोण स्पष्ट रहेको र सतहमा आएका विवाद समाधान गर्ने बताएका हुन्।एकपक्षीयरुपमा जारी भएको भारतको राजनीतिक नक्सालाई अस्वीकार गर्ने र कुटनीतिक तथा राजनीतिक तहबाट समाधान गर्ने काममा सरकार लागि सकेको उनको भनाई छ।

त्यसका लागि कतिपय सीमासँग सम्बिन्धत विषयहरु टुंगो लगाउन बाँकी रहेको र करिब दुई प्रतिशत ठाउँहरुमा उत्पन्न विवाद समाधानका लागि कुटनीतिक तथा राजनीतिक पहल गर्ने उनले बताए। कालापानीलाई आफ्नो नक्सामा पार्ने भारतको कामप्रति नेपाल सरकारको असहमति भएको र त्यस्ता गतिविधि कहिल्यै पनि स्वीकार्य नहुने भन्नेमा स्पष्ट पार्न चाहेको उनले दोहोर्‍याए।

उनले भने,‘२०१८सालमै त्यस क्षेत्रमा नेपालको तर्फबाट जनगणना भएको र त्यस वरपरबाट राजश्व संकलन गर्ने काम भएको तथ्य रहेको र ती भूमि नेपालकै भूगोल हुन् भन्नेमा हामी स्पष्ट छौँ। त्यसको रक्षा गर्ने सरकारको दायीत्व हो। र त्यो सफल हुने हाम्रो विश्वास छ। त्यसमा हामी गम्भीर छौँ। हाम्रो अधिकारको सुरक्षा र सम्मानमा सदाको दृष्टीकोणका आधारमा काम हुनेछ।’

यसअघि भारत सरकारले उसको नयाँ मानचित्रमा नेपालसँगको सीमानामा कुनै हेरफेर नगरिएको दाबी गरेको थियो। लिपुलेक तथा कालापानी क्षेत्रलाई भारत सरकारले भारतको नक्साभित्र पारेको भन्दै नेपालमा विरोध चर्किएको बेला भारतको विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले बिहीबार दिल्लीमा पत्रकार सम्मेलनमार्फत त्यस्तो दाबी गरेका थिए। उनले नेपालसँगको सीमा समीक्षाका विषयमा विद्यामान संयन्त्रबीच छलफल भइरहको बताएका थिए। भारतले आइतबार जारी गरेको नयाँ नक्सामा नेपालको कालापानी क्षेत्र आफ्नो सीमामा पारेको चार दिनपछि बुधबार नेपाल सरकारले कालापानी क्षेत्र आफ्नो भूगोल भएको स्पष्ट पारेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>