राजनीति
प्रचण्ड भन्छन्ः भारतले जारी गरेको नक्सा नेपाललाई स्वीकार्य छैन
०

पोखरा,कात्तिक २१-
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतले जारी गरेको नक्सा स्वीकार्य नभएको बताएका छन् । बिहीबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल अध्यक्ष प्रचण्डले भने, ‘जुन खालको नक्सा सार्वजनिक गरिएको छ, त्यो नेपाललाई मान्य छैन ।’
लिपुलेकबारे भारत र चीनबीच सहमति भयो भनेर आउँदा आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ‘यो गलत भएको छ, यसबारे पुनर्विचार गरिनुपर्छ’ भनेको स्मरण गर्दै उनले भने, अहिले त कालापानी लगायत सबैले नक्साभित्र पारिसकेपछि यो नेपाललाई सैह्य हुन सक्दैन । मान्य हुन सक्दैन ।’
भारतको नक्सामा नेपालको गम्भीर आपत्ति रहेको भन्दै उनले यसबारे सरकार पनि बोलिसकेको बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























