राजनीति

३ वर्षभित्र प्रतिव्यक्ति आय ५ हजार डलर पुर्‍याउछौंः बामदेव गौतम

Banner

काठमाडौं,कात्तिक २१-

नेकपाका सचिवालय सदस्य तथा प्रस्तावित उपाध्यक्ष बामदेव गौतमले आगामी ३ वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय ५ हजार डलर पुर्‍याउने दावी गरेका छन् ।भक्तपुरको प्रदेशसभा उपनिर्वाचनका लागि नेकपा उम्मेदवार डिपी ढकालको उम्मेदवारी दर्तापछि आयोजित सभालाई सम्बोधन गर्दै गौतमले प्रतिव्यक्ति आय ३ वर्षभित्र चार गुणा बढाउने महत्वकांक्षी घोषणा गरेका हुन् ।

हाल नेपालीको प्रति व्यक्ति आय वार्षिक १२ सय डलर छ । प्रतिव्यक्ति आय बढाउन उत्पादन क्षेत्रमा धेरै ठूला काम शुरु हुने उनले बताए । अब प्रत्येक महिना सरकारले नयाँ नयाँ काम गरेर देखाउने भन्दै उनले विकास निर्माणका काम अब परिणाम देखिने गरि शुरु भएको दावी गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>