राजनीति

भारतीय दूतावासअगाडि नेविसंघको ‘गो ब्याक इन्डिया’ भन्दै पर्दशन

Banner

काठमाडौँ कात्तिक २१-

भारतीय दूतावासअगाडि नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले विरोध प्रदर्शन गरेको छ।

भारतको नयाँ नक्सामा नेपालको कालापानी र लिपुलेक परेपछि नेविसंघले बिहीबार लैनचौरस्थित भारतीय दूतावासअघि विरोध प्रदर्शन गरेको हो। ‘गो ब्याक इन्डिया’ लेखिएका ब्यानरसहित विरोध प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले भारतीय सीमा अतिक्रमणविरुद्ध नाराबाजी गरेका थिए।

यसअघि नेविसंघले नै त्रिचन्द्र क्याम्पसअगाडि भारतीय सीमा अतिक्रमणको विरुद्ध प्रदर्शन गरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>