राजनीति

कास्कीमा अग्रजबाट आर्शिवाद लिदैँ विद्याले सुरु गरिन चुनावी अभियान

Banner

कास्की,कात्तिक २१-

कास्कीमा यतिबेला उपनिर्वाचनको चुनावी सरगर्मी बढिरहेको छ । उपनिर्वाचनको मिति नजिकिदैँ गर्दा उम्मेदवारले प्रचारप्रसार सुरु गर्न थालेका छन् । कास्की क्षेत्र नम्वर २ नेकपाका उम्मेदवार विद्या भट्टराईले आजदेखि चुनावी अभियान सुरु गरेकी छन् । चुनावी अभियान सुरु गर्नुअघि भट्टराईले आफ्ना पति स्वर्गीय नेता रविन्द्र अधिकारीको जन्मगाउँ पोखरा महानगर वडा नम्बर ३३ गैरीगाउँमा पुगी अग्रजहरुबाट आर्शिवाद ग्रहण गरेकी छन् ।

भट्टराईले गैरीगाउँस्थितका वयोवृद्ध ८६ वर्षीय बैकुण्ठनाथ उपाध्याय र ८७ वर्षीया कुमारी आचार्यबाट आर्शिवाद लिएकी छिन् । भट्टराई आजै मनोनयन दर्ताका लागि निर्वाचन कार्यालय जानेछिन् । मनोनयन दर्तापछि स्वंर्गीय नेता अधिकारीले शिक्षा लिएको ब्रह्म ज्योति आधारभुत विद्यालयबाट भट्टराईको चुनावी अभियान सुरु हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>