राजनीति

‘गो ब्याक इण्डिया’ भन्दै विद्यार्थी सङ्गठनको काठमाडौँमा पर्दशनी

Banner

काठमाडौं कात्तिक २०-

लिपुलेक, कालापानीलगायत नेपाली भूभागलाई भारतले आफ्नो नक्सामा समेटेको विरोधमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)निकट विद्यार्थी सङ्गठन अनेरास्ववियू सडकमा ओर्लिएको छ ।

कब्जाको शैलीमा नेपाली भूभाग नेपाली नक्सामा समेटिएको भन्दै अनेरास्ववियूले बुधबार विरोध र्‍यालीको आयोजना गरेको हो ।प्रदर्शनमीमार्गबाट सुरू भएको र्‍याली बागबजारको मुखमा पुगेर कोणसभामा परिणत भएका थियो ।

विरोध र्‍यालीपछि आयोजित कोणसभामा बोल्दै अनेरास्ववियूका संयोजक ऐन महरले भर्खरै सार्वजनिक गरिएको नक्सा तुरून्तै खारेज गर्न माग गरे ।“कालापानी, लिपुलेक हाम्रो भूमि हो । हाम्रो भूमि भारतले कब्जाको शैलीमा उसको नक्साभित्र राख्न पाउँदैन । यस विषयमा सरकारले तुरुन्तै संवाद गरोस्,” महरको माग थियो ।
उनले आज प्रतीकात्मक विरोध गरिएको र नक्सा नसच्याए चरणवद्ध आन्दोलन गर्ने जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>