राजनीति

कालापानीबाट भारतीय सेना हट्नुपर्छ, सरकारले कुटनीतिक पहल गर्छः प्रधानमन्त्री

Banner

काठमाडौं कात्तिक २० –

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले कालापानी र लिपुलेक नेपाली भू–भाग भएको बताएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओली कालापानीबाट भारतीय सेना हट्नुपर्ने पक्षमा रहेको र यसका लागि सरकारले कुटनीतिक पहल गर्ने स्पष्ट पारे।

नेपाली भूभागलाई भारतीय नक्सामा राखेकोप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको बताउँदै भट्टराईले प्रभावकारी कुटनीतिक पहलबाट नक्सा सच्याउने तथा सीमा विवाद टुंग्याउन सरकार लागिपरेको जानकारी गराए।

सरकारले जनता र भुगोलको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको छ। हामी यसबाट दायाँबायाँ हुँदैनौं। आफ्नो दायित्वबाट पछि हट्दैनौं। यदि हाम्रो सीमा तलमाथि भएको छ भने पनि हामी कुटनीतिक टेबुलमार्फत समस्याको हल गर्छौं। नेपालको भू–भाग कुनै हालतमा छौड्दैनौं।
‘कालापानी नेपाली भू–भाग हो। ऐतिहासिक तथ्यले पनि त्यहीँ भन्छ। हाम्रो मान्यता पनि यहीँ हो। १९६२ देखि त्यहाँ बसेको भारतीय सेना हट्नुपर्छ। कालापानीलगायत सबै सीमा विवाद टुंग्याउनुपर्छ’, बुधबार रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै भट्टराईले भने।

उनले सीमा विवादहरु सहमतिअनुसार कुटनीतिक टेबुलमा बसेर समाधान गर्नुपर्ने धारणा राखे। वर्तमान सरकार प्रभावकारी कुटनीतिक पहलकदमी लिनेबारे सचेत रहेको पनि उनले सुनाए।

सीमा विवादबारे दुवै मुलुकको सहमतिमा मात्रै निश्कर्षमा पुग्नुपर्ने बताउँदै एकपक्षीय निर्णय अमान्य हुने उनको भनाई छ।

सरकारले जनता र भुगोलको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको पनि उनले स्पष्ट पारे। भट्टराईले भने, ‘सरकार यसबाट दायाँबायाँ हुँदैन। सरकार आफ्नो दायित्वबाट पछि हट्दैन। यदि हाम्रो सीमा तलमाथि भएको रैछ भने पनि हामी कुटनीतिक टेबुलमार्फत समस्याको हल गर्छौं।’

उनले लिपुलेक पनि नेपालकै भएको बताए। आफूहरुले नेपालको भू–भाग कुनैपनि हालतमा नछोड्ने उनको भनाई छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>