राजनीति

निर्वाचन आयोगले तोक्यो उम्मेदवारको खर्च सीमा, कसले कति खर्च गर्न पाउने ?

Banner

काठमाडौँ  कात्तिक  २० –

निर्वाचन आयोगले उपनिर्वाचनका लागि उम्मेदवारले चुनाव प्रचारप्रसारमा गर्न पाउने खर्चको सीमा निर्धारण गरेको छ।

आयोगका अनुसार प्रतिनिधि सभा सदस्यका उम्मेदवारले २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउने छन्। प्रदेश सभाका उम्मेदवारले १५ लाख रुपैयाँ, उपमहानगरपालिका प्रमुखले ५ लाख ५० हजार रुपैयाँ, वडा अध्यक्षका लागि २ लाख ५० हजार रुपैयाँ, नगरपालिकाका वडा अध्यक्षका लागि २ लाख रुपैयाँ र गाउँपालिका अध्यक्षरउपाध्यक्षका उम्मेदवारले ३ लाख ५० हजार खर्च गर्न पाउने आयोगले जनाएको छ।

त्यस्तै प्रतिनिधि सभा, प्रदेश सभाका उम्मेदवारले १६ दिन र स्थानीय तहका उम्मेदवारले १० दिन प्रचारप्रसारको समय पाएका छन्। भोलि प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवारी दर्ताको कार्यक्रममा तोकिएको छ। आगामी मंसिर १४ गते ५२ पदका लागि उपनिर्वाचन हुँदैछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>