राजनीति

नेपालको नक्साः कांग्रेसको ब्यानरमा कालापानी ‘गायब’

Banner

काठमाडौं,कात्तिक २०-

नेपालका राजनीतिक दल देशको नक्साप्रति जिम्मेवार छैनन । उनीहरु नेपालको नक्साप्रति अनविज्ञ छन् वा लापरवाही गर्छन् ? यो अनुत्तरित प्रश्न हो। उनीहरुले प्रयोग गरेका नक्सामा कालापानी, लिपुलेक हुँदैन। त्यही नक्सा बोकेर उनीहरु भने राष्ट्रिय अभियानमा देशभर दौडिरहेका हुन्छन्।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियानको ‘लोगो’मा नै गलत नक्सा प्रयोग भएको छ। यो नक्सामा कालापानी, लिपुलेक छैन। अर्थात् नेपालको ६२ वर्गकिलोमिटर क्षेत्र यो नक्सामा छैन। यो लोगोमा बीपी कोइराला, सुर्वण शम्शेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइरालाको तस्बिर समेटिएको छ।

नापी विभागका पूर्व उपमहानिर्देशक एवं नक्साविद् सुरेशमान श्रेष्ठले कांग्रेसले जागरण अभियानमा सही नक्सा प्रयोग नभएको बताए। ‘यो नक्सा ठिक छैन,’ उनले भने। गलत नक्साका सम्बन्धमा लगातार समाचार प्रकाशन गरेपछि सरकारले पहिलो पटक गत फागुनमा कालापानी, लिपुलेक समेटेर अधिकारीक नक्सा प्रकाशन गरेको थियो।

यो नक्साको प्रचारप्रसार नहुँदा अझै पनि गलत नक्साको छ्यापछ्यापी प्रयोग भइरहेको छ। नापी विभागले नक्साको सम्बन्ध जनचेतनाका कार्यक्रम संञ्चालन गरिएको दाबी गरेको छ। विभागका महानिर्देशक प्रकाश जोशीले सन्देश मुलुक कार्यक्रम सञ्चालन भइरहेको बताए।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नक्सा गतल भएको विषयप्रति अनविज्ञता व्यक्त गरे। ‘त्यस्तो नहुनु पर्ने हो,’ उनले भने, ‘हामी नेपालको नक्सामा संवेदनशील छौं।’ अन्नपूर्णबाट साभार

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>