राजनीति

राम्रो काम गरे नेकपालाई ५० वर्ष जनताको साथः प्रचण्ड

Banner

बाँके,कात्तिक १९-

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय आफू सरकार र पार्टीको प्रचारक जस्तो भएको बताउनुभएको छ । विजयादशमी, तिहार, नेपाल सम्वत् ११४०, छठ, ल्होसार, क्रिसमस डे र मोहम्मद डेको अवसरमा नेकपा बाँकेले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई मंगलबार नेपालगञ्जमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी कार्यक्रममा देशभर पुगेर नागरिकका गुनासा सुन्ने मौका पाएको बताउनुभयो ।

विभिन्न तह र तप्काबाट प्राप्त सुझाव र गुनासोहरु प्रधानमन्त्री र सचिवालयका वरिष्ठ नेतासँग राख्ने गरेको भन्दै प्रचण्डले आफू प्रधानमन्त्री नभए पनि प्रचारक हुन पाएको भन्दै खुशी व्यक्त गर्नुभयो । इतिहासले आफूलाई विभिन्न कालखण्डमा महत्वपूर्ण जिम्मेवारी दिएको भन्दै उहाँले अहिले प्रचारकको जिम्मेवारी पाएको बताउनुभयो ।पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘५ वर्ष राम्रो गरे ५० वर्षसम्म पनि जनताको साथ र समर्थन हुन्छ । राम्रो काम गर्न नसके ५ वर्षपछि कांग्रेस छँदैछ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>