राजनीति
बयानका लागि सांसद आलम अदालतमा उपस्थित
०

काठमाडौं कात्तिक १९-
रौतहटको राजपुर बमकाण्डका आरोपी सांसद तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमलाई बयानको लागि अदालतमा उपस्थित गराइएको छ। प्रहरीले आलमलाई मंगलवार अदालत रौतहटमा उपस्थित गराएको हो।
सोमवार मात्र जिल्ला सरकारी वकिल कार्यालयले आलम विरुद्ध अदालतमा मुद्धा दायर गरेको थियो।
वकिल कार्यालयले जिल्ला अदालत रौतहटमा सांसद आलमसहित ११ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ ऐन २०१८ बमोजिम मुद्दा दायर गरेको छ। अन्य १० जना भने फरार रहेको उल्लेख गरिएको छ। जन्मकैद सहितको माग दावि गर्दै अदालतमा मुद्धा दायर भएको छ।
अब अदालतमा बयान र थुनछेक बहस हुनेछ। त्यसपछि अदालतले पक्राउ परेका सांसद आलम साधारण तारेखमा, धरौटीमा वा पूर्पक्षको लागि जेल चलान गर्ने निर्णय गर्छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























