राजनीति

बालुवाटारमै डायलासिस मेसिन राख्न प्रधानमन्त्रीलाई चिकित्सकको सुझाव

Banner

काठमाडौं कात्तिक १५-

चिकित्सकहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारका लागि बालुवाटारमै डायलासिस मेसिन राख्न सुझाव दिएका छन् । यद्यपि यसबारे निर्णय भइसकेको छैन ।

प्रधानमन्त्री ओलीको मिर्गौलामा समस्या देखिएको छ । बुधबार ग्राण्डी अस्पताल भर्ना भएका उनको दुई पटक डायलासिस गरिएको थियो । उनी बिहीबार साँझ बालुवाटार फर्किएका छन् ।

चिकित्सकहरुकाअनुसार प्रधानमन्त्री ओलीको अब हप्तामा दुई पटक डायलासिस गर्नुपर्ने हुनसक्छ ।

यद्यपि रगत परीक्षणको रिपोर्ट आउन बाँकी छ ।चिकित्सकहरुकाअनुसार पेरिटोनियल डायलासिस घरमै गर्न सकिन्छ । आन्द्रा र पेटको छाला बीचको भागमा डायलासिस भरिन्छ र केही घन्टा राखिन्छ । यस क्षेत्रमा भएका मसिना रत्तनलीहरुबाट वेष्ट प्रोडक्टहरु बाहिर आउँछन् र डायलासेटमा आउँछन् । यो दिनहुँ गर्नुपर्छ ।

बालुवाटार स्रोतले भन्यो, ‘डायलासिसका लागि नियमित अस्पताल जान गाह्रो हुन्छ । सर्वसाधारणलाई पनि असर गर्छ । त्यसैले बालुवाटारमा नै डायलासिस मेसिन राख्नु उपयुक्त हुन्छ भन्ने सुझाव आएको छ ।’

यसबारे प्रधानमन्त्री र निजी चिकित्सकले अन्तिम निर्णय गर्ने बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>