राजनीति
अदालतमा महराको जिकिर : युवतीको घर गएकै छैन
०

काठमाडौं कात्तिक १५-
पूर्वसभामुख कृष्णबहादुर महराले आफूमाथि लागेको करणी प्रयासको आरोप अस्वीकार गरेका छन् ।
शुक्रबार जिल्ला अदालत काठमाडौंमा भएको बयानमा महराले आफू पीडित भनिएकी युवतीको घरमा नै नगएको जिकिर गरेका छन् ।
जिल्ला सरकारी वकिल कार्यालयले गरेको निरन्तर बयानका क्रममा महराले आफू त्यही बाटो भएर गए पनि पीडितको घरमा भने नपसेको बताएका एक अधिवक्ताले बताएका छन् ।
महराको बयान जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलासमा भइरहेको छ । बयान सकिएपछि शुक्रबारदेखि नै थुनछेक बहस सुरु हुनेछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























