देश/प्रदेश
पूर्वसभामुख महरामाथिको थुनछेक बहस सुरु
०

काठमाण्डौँ कात्तिक १५ –
बलात्कारको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस सुरु भएको छ ।
शुक्रबार काठमाण्डौको बबरमहलस्थित काठमाण्डौ जिल्ला अदालतमा निवर्तमान सभामुख महराको थुनछेक बहस सुरु भएको हो । महरामाथि संसदसचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कारको आरोप लागेपछि प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका महरालाई सरकारी वकीलको कार्यालय, काठमाण्डौले बिहीबार बलात्कार प्रयास गरेको अभियोगमा काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । अहिले जिल्ला अदालत काठमाण्डौमा महरालाई उपस्थित गराएर न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासमा थुनछेकको बहस सुरु भएको छ ।
थुनछेक बहस सकिएपछि महरा छुटने, धरौटीमा रिहा हुने वा पूर्पक्षका लागि कारगार चलान गर्ने अदालतले फैसला गर्नेछ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























