मौसम

आज मेघ गर्जनसहित वर्षा हुने

Banner

काठमाडौं  साउन २२

पूर्वी तराई भू-भागका केही स्थानहरूमा मेघगर्जन चट्याङसहितको वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा बुधबार बिहान देशको पूर्वी भू-भागका केही स्थानहरूमा मेघ गर्जन गराउने बादल सक्रिय भएको उल्लेख छ।

मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा उत्तर नेपालतर्फ सरेको छ। बुलेटिनमा उल्लेख गरिएको छ, पूर्वी र मध्य नेपालमा एउटा न्यून चापिय क्षेत्रको असर पनि देखिएको छ। मनसुनको न्यून चापिय रेखाको साविक स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीसम्म जनाउँछ।

बुधबार दिउँसो देशका पूर्वी र मध्य भू-भाग, पश्चिमी भू-भागमा आंसिक देखि सामान्य बदली हुने विभागले जनाएको छ। देशका केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। मध्य र पूर्वी नेपालका एक(दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

राति पनि देशभर सामान्यतया बदली रही पूर्वी र मध्य भू-भागहरूका केही स्थानहरुमा र पश्चिमी भू-भागको एक-दुई स्थानहरूमा मेघ गर्जनरचट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>