अन्तर्राष्ट्रिय

बाबुद्धारा खुट्टा ढोग्न निहुरेकी गर्भवती छोरीको घाँटी काटेर हत्या

Banner

काठमाडौँ असार ३१-

एजेन्सी

भारतको मुम्बईस्थित घाटकामेपर इलाकामा दुई दिन अघि भएको २० वर्षे गर्भवती युवतीको हत्याको रहस्य सुल्झिएको छ । अनुसन्धानमा पत्ता लागेअनुसार युवतीले परिवारको मर्जी बिना केही महिनाअघि विवाह गरेका थिए । यसै कारण रिसाएका पिताले छोरीको घाँटी काटेर हत्या गरेका छन् । पुलिसले युवतीको रगतले लत्पत्तिएको शव आइतबार बिहान फुटपाथमा भेटेको थियो । आरोप पितालाई पक्राउ गरिएको छ ।

पुलिसका अनुसार मिनाक्षी चौरसिया चार महिनाकी गर्भवती थिइन् । शनिबार उनका पिता राजकुमार चौरसियाले छोरीको अनुहार र टाउकोमा चक्कुले थुप्रैपटक हमला गरे, जसमा उनको मृत्यु भयो ।

परिवारको मर्जीबिना गरेकी थिइन् विवाहः

पुलिस अधिकारी अखिलेश सिंहले भने, ‘हामीलाई बताइयो कि उनीहरु फेब्रुअरीमा मध्यप्रदेशको सतना गएका थिए । त्यहाँ मिनाक्षीले बृजेश नामको युवकसँग अदालती विवाह गरेका थिए । यति पिताले मिनाक्षीको विवाह मुम्बईको विरारमा बस्ने एक युवकसँग निश्चित गरिसकेका थिए । यसका लागि पूरा तयारी गरियो र कार्डसमेत छापियो । तर प्रेम विवाहको कुरा सार्वजनिक भएपछि राजकुमार छोरीसँग रिसाए ।’

खुट्टा ढोग्न निहुरिइन् छोरी, पिताले चक्कु प्रहार गरेः

सिंहका अनुसार मिनाक्षी वृजेशसँग भागेका कारण र मागी विवाह टुटेका कारण राजकुमार चौरसिया लज्जित थिए । यद्यपि, विवाहलाई स्विकार गर्दै छोरीलाई कहिले पनि गाउँ नजान भने । तर हालै जब मिनाक्षी गणपति महोत्सवमा भाग गाउँ पुग्दा राजकुमार रिसाए । शनिबार बेलुका छोरी र पिताको फोनमा बहस भयो । त्यसपछि पिताले छोरीलाई भेट्न बोलाए । भेटेपछि मिनाक्षीले पिताको खुट्टा ढोग्न झुकेका बेला चक्कुले हमला गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>