Breaking News

अमेरिकी कच्चा तेलको मूल्य ९० डलर नाघ्यो, अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ वृद्धि

Banner

काठमाडौं, जेठ २८-

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बुधबार उल्लेखनीय रूपमा बढेको छ । अमेरिकी कच्चा तेल र ब्रेन्ट क्रुड दुवैको मूल्य दुई प्रतिशतको हाराहारीमा वृद्धि भएको हो ।

न्यूयोर्क मर्केन्टाइल एक्सचेन्जमा जुलाई डेलिभरीका लागि डब्लुटिआई कच्चा तेलको मूल्य प्रतिव्यारेल १.८३ अमेरिकी डलर (२.०७ प्रतिशत) ले बढेर ९०,०३ डलर पुगेको छ ।

यस्तै, लन्डनस्थित आईसीई फ्युचर्स एक्सचेन्जमा अगस्ट डेलिभरीका लागि ब्रेन्ट क्रुडको मूल्य १,६५ डलर (१.८० प्रतिशत) ले वृद्धि भई प्रतिव्यारेल ९३.१० डलरमा बन्द भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै ऊर्जा बजारमा थप दबाब सिर्जना हुने विश्लेषण गरिएको छ । विश्व बजारमा तेलको मूल्यमा हुने उतारचढावले इन्धन आयात गर्ने मुलुकहरूको लागत तथा उपभोक्ता मूल्यमा समेत प्रत्यक्ष प्रभाव पार्ने गर्दछ । सीसीटीभी

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>