देश/प्रदेश
च्याउ खोज्न जङ्गलतर्फ गएका दुई महिलाको गोदावरीमा बगेर मृत्यु
०

अत्तरिया (कैलाली), जेठ २९ –
गोदावरीको बाढीमा परी दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार गोदावरी नगरपालिका–४ की ५५ वर्षीया महेश्वरी धमला र ४० वर्षीया कल्पना साउदको मृत्यु भएको हो ।
आज बिहान च्याउ खोज्न जङ्गलतर्फ गएका उनीहरु नदीमा बगेका हुन् । उनीहरुको शव वनदेवी मन्दिर पछाडि फेला परेको हो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























