चितवन विशेष
माडीको रिउ खोलामा पानीको बहाब उच्च, सतर्क रहन आग्रह
०

सुवास लामिछाने,
माडी असार ७-
माडी नगरपालिका भएर बग्ने रिउ खोलामा पानीको बहाब उच्च बन्दै गएको छ । माडी स्थित बनकट्टा ,कल्याणपुर,छरछरे,गोविन्दवस्ती केन्द्रहरुमा पछिल्लो १२ घण्टामा १०० मिलिमिटर आसपास वर्षा भएको छ भने बर्षा हुने क्रम जारी छ । खोला तटिय क्षेत्रमा उच्च सतर्कता अपाउन माडी नगरपालिकाले सबैलाई अनुरोध गरिएको छ ।
यसैबिच माडी नगरपालिका ३ र ४ लाई जोड्ने निर्माणधिन मगुई खोलाको पुलको ३ वटा जेनेरेटर वाढीका कारण पुरिएको जनाइएको छ । पानीको वहान क्रमश वढ्दो क्रममा रहेकाले सवारी आवागमन अवरुद्ध रहेको ईलाका प्रहरी कार्यालय माडीका प्रहरी नायव निरीक्षक उमेश कोईरालाले जानकारी दिनुभयो । उहाँका अनुसार मगुई खोलामा पानीको वहाव वढेकाले सचेत रहन आग्रह गर्नुभयो । माडीका अधिकांस क्षेत्रका खहरे खोलामा समेत वाढी आएको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>