देश/प्रदेश

डोल्पाको शे–फोक्सुण्डोमा हिमपात, नाङखोङ आसपास एक फिट हिउँ जम्यो

०
Banner

हेमन्त केसी,

सुर्खेत,कात्तिक १४-

डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका क्षेत्रमा हिमपात भएको छ । गाउँपालिकाको नाङखोङ भिजेर आसपास क्षेत्रमा गए रातिदेखि निरन्तर हिमपात भइरहेको हो ।

स्थानीयका अनुसार हिजो राति करिब ९–१० बजेदेखि सुरु भएको हिमपात आज बिहानसम्म जारी रहेको छ । आज बिहान ९ बजेसम्म उक्त क्षेत्रमा करिब एक फिट हिउँ जमिसकेको छ ।

निरन्तर हिमपात भएपछि त्यस क्षेत्रको जनजीवन प्रभावित हुन सक्ने देखिएको छ । उच्च हिमाली क्षेत्रमा हिमपात हुँदा चिसो बढ्नुका साथै आवतजावतमा समेत समस्या हुने गर्दछ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>