Uncategorized
कोपा अमेरिकाः चिलीले इक्वेडरलाई हरायो
०

काठमाडौं, असार ७–
कोपा अमेरिका फुटबल अन्तरगत चिलीले इक्वेडरलाई २–१ गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।
समूह सीमा रहेको चिली शीर्ष स्थानमा उक्लिएको हो । खेलको ८ औं मिनेटमा जोसे पेड्रोले गोल गर्दै चिलीलाई अग्रता दिलाएका थिए । सुरुदेखिनै आक्रामक खेलेको चिलीले २६ औं मिनेटमा बराबरी गोल खान पुग्यो ।
चिलीका खेलाडीले गल्ती गरेपछि पाएको पेनाल्टी मार्फत इक्वेडरका इरन रेमबर्टोले बराबरी गोल गरेका थिए । पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलमा निर्णायक गोल चिलीले दोस्रो हाफमा गरेको थियो । ५१ औं मिनेटमा एलेक्स साञ्चेजले गोल गरेपछि चिली २–१ ले अघि बढेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>