Uncategorized

भरतपुर-२३मा कृत्रिम फूलमाला आयात गर्न रोक, पुष्प खेतीलाई प्रोत्साहन गरिने

०
Banner

चितवन, कार्तिक १०
भरतपुर महानगरपालिका वडा नम्बर २३ले प्लाष्टिकजन्य कृत्रिम फूल, माला तथा सजावटका सामाग्री, भण्डारण, बिक्री वितरण र प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको छ । स्थानीय पुष्प कृषकलाई प्रोत्साहन गर्ने तथा वातवरणीय प्रदुषण नियन्त्रण गर्ने उद्देश्यले यस्तो निर्णय गरेको हो ।

वडाध्यक्ष दिपक दवाडीले आज एक सूचना जारी गर्दै प्राकृतिक खेतीलाई प्रोत्साहन गर्ने, जैविक विविधताको संरक्षण गर्ने तथा स्थानीय वातावरणलाई स्वच्छ र सुन्दर बनाउने उद्देश्यले प्लाष्टिक जन्य कृत्रिम फूल लगायतका सामानलाई आयातमा रोक लगाएको जनाएका छन् ।

सूचनाअनुसार वडाभित्र व्यावसायिक रुपमा पुष्प खेती गर्दै आएका स्थानीय कृषकले उत्पादन गरेका सयपत्री, मखमली लगायतका प्राकृतिक फूलको बजारीकरणलाई सहज बनाउन वडा कार्यालयले आवश्यक व्यवस्थापन तथा सहजीकरण गर्ने प्रतिवद्धता जनाएको छ ।

वडा कार्यालयले वातावरण संरक्षण ऐन, २०७६, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा नेपाल सरकारको प्रचलित नीतिअनुसार प्लास्टिकजन्य कृत्रिम फूल, माला र सजावटका सामग्रीको ओसारपसार, भण्डारण, बिक्री वितरण तथा प्रयोगलाई निषेध गरिएको जनाएको छ।  सूचनामा प्रतिबन्धित सामग्री आयात तथा भण्डारण गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ। प्राकृतिक फूलको प्रयोग बढाउँदै प्लास्टिकजन्य सामग्रीको प्रयोग निरुत्साहित गर्न र स्थानीय कृषकको उत्पादनलाई बजार उपलब्ध गराउन यो कदम चालिएको वडा कार्यालयले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>