वागमती

विद्युत् चुहिएर पाँच पसलमा आगलागी

Banner

काठमाडौँ असार २-

टोखा नगरपालिका–४ सामाखुशीमा विद्युत् चुहिएर आगलागी हुँदा पाँच सटर जलेर नष्ट भएको छ । टोखा नगरपालिका–४ सामाखुशीचोकमा सञ्चालन भएको कपडा पसलमा आइतबार राति विद्युत् चुहिएर आगलागी हुँदा कपडा पसल, तीन खाजा घर र तरकारी पसल जलेर नष्ट भएको हो ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंले ९ बजेदेखि शुरु भएको आगलागी १०।१५ बजे नियन्त्रणमा लिएको जानकारी दिए ।
“नेपाल प्रहरी, सशस्त्र प्रहरी, तीन दमकल र दुई पानी ट्याङ्करको सहायताले आगो नियन्त्रणमा लिएका हौँ”, उनले भने। आगलागीबाट रु १५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
पौडी खेल्ने क्रममा डुबेर मृत्यु
धापासीको नेचर क्लबमा पौडी खेल्ने क्रममा एकको मृत्यु भएको छ । आइतबार साँझ ५ बजे पौडी खेल्ने क्रममा अन्दाजी २८ वर्षीय नाम नखुलेका एकको मृत्यु भएको हो ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रसाईंले पौडी खेल्ने क्रममा बेहोस भएका उनको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लैजाने क्रममा मृत्यु भएको जानकारी दिए ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>