राजनीति
प्रधानमन्त्री साहको भारत भ्रमण बहुआयामिक रूपमा सफल र उपलब्धिमूलकः परराष्ट्रमन्त्री खनाल
०

काठमाडौं, मंसिर ७ –
परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमण बहुआयामिक हिसावले सफल र उपलब्धीमुलक भएको बताउनुभएको छ ।
सोमवार साँझ त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री साहको दुई दिने राजकीय भ्रमणबारे ब्रिफिङ गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँकाअनुसार भ्रमणका क्रममा प्रधानमन्त्री साह र समकक्षी नरेन्द्र मोदीबीच दुई देशबीच पारवहन, रेलमार्ग, ऊर्जा, पूर्वाधार तथा सीमापार सम्पर्क सञ्जाल लगायतका महत्वपूर्ण विषयमा सहमति भएका छन् । परराष्ट्रमन्त्री खनालले भारतले नेपालको पारवहन व्यापारका लागि गुजरातस्थित दीनदयाल ९कान्डला० बन्दरगाह हुँदै नयाँ सम्पर्क मार्ग उपलब्ध गराउने समझदारी भएको बताउनु भयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























