राजनीति
बालेनको प्रशंसा गर्दै ज्ञानेन्द्र शाहीले भने– पशुपतिनाथको रुद्राक्ष माला र नेपाली भाषामा सम्बोधनले मन छोयो

काठमाडौं, मंसिर ७ –
प्रधानमन्त्री बालेन्द्र साहले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पशुपतिनाथको पवित्र रुद्राक्षको माला उपहार दिएको तथा नेपाली भाषामै सम्बोधन गरेको विषयलाई लिएर ज्ञानेन्द्र शाहीले प्रशंसा गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै शाहीले प्रधानमन्त्री साहले नेपालको धार्मिक आस्था, सांस्कृतिक पहिचान र राष्ट्रिय भाषाको सम्मान प्रस्तुत गरेको भन्दै प्रशंसा गरेका हुन् ।
उनले पशुपतिनाथको पवित्र मालामार्फत नेपालको धार्मिक आस्था र सांस्कृतिक पहिचान प्रस्तुत गर्नु तथा नेपाली भाषामै सम्बोधन गरेर राष्ट्रिय भाषा र स्वाभिमानको सम्मान गर्नु अर्थपूर्ण रहेको उल्लेख गरेका छन् ।
कूटनीतिक भेटघाटमा आफ्नो देशको भाषा, संस्कृति, धर्म र पहिचानलाई सम्मानका साथ प्रस्तुत गर्नुले नेपाल र नेपालीको शिर उच्च बनाएको भन्दै शाहीले प्रधानमन्त्री साहप्रति धन्यवाद तथा आभार व्यक्त गरेका छन् ।
























