राजनीति
प्रधानमन्त्रीको भ्रमणबारे परराष्ट्रमन्त्री खनाल– नेपाल–भारत सम्बन्धलाई सकारात्मक लयमा फर्कायो
०

काठमाडौं, मंसिर ७ –
परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई सकारात्मक लयमा फर्काएको बताउनुभएको छ ।
प्रधानमन्त्री साह स्वदेश फर्किपछि सोमवार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रमणबारे ब्रिफिङ गर्दै मन्त्री खनालले यस्तो विश्वास व्यक्त गर्नुभएको हो । उहाँले प्रधानमन्त्रीको दुई दिने राजकीय भारत भ्रमण नेपालको राष्ट्रिय हित प्रवद्र्धन, आर्थिक वृद्धि, विकास र समृद्धिलाई केन्द्रमा राखेर सम्पन्न भएको बताउनु भयो । भारतसँगको ऐतिहासिक, बहुआयामिक तथा जनस्तरको सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउँदै दुवै देशका नागरिकले प्रत्यक्ष लाभ प्राप्त गर्ने विषय भ्रमणको मुख्य प्राथमिकतामा रहेको समेत उहाँले बताउनु भयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























