Uncategorized
पर्यटन प्रवद्र्धनका लागि सौराहाका व्यवसायी भारत प्रस्थान

चितवन, असार १-
नेपाल सरकारले घोषणा गरेको पर्यटन वर्ष–२०२० लाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । पर्यटन प्रवद्र्धनको क्षेत्रमा सहयोगको अपेक्षा गर्दै पर्यटन व्यवसायी प्रचार प्रसारमा जुटेका हुन् ।
यसै क्रममा नेपाल भम्रण वर्षलाई लक्षित गरी क्षेत्रीय होटल संघ नेपाल चितवन तथा सिदार्थ होटल संघ नेपाल भैरहवाको अगुवाई तथा पर्यटन बोर्डको सहयोगमा भारतको लखनउ, वनारस तथा पटनामा कार्यक्रम लिएर व्यवसायीहरुको एक टोली आज त्यस तर्फ लागेको छ । टोलीमा क्षेत्रीय होटल संघ नेपाल चितवन अध्यक्ष तथा जङगल सफारी लजका प्रवन्धक सुमन घिमिरे, चितवन फरेष्ट रिर्सोट, ग्रिन पार्क, जङगल काउन होटल, ल्याण्डमार्क होटल , अर्थलाइट युनिक वाईड रिसोट, होटल सेभेन स्टार, जङगल रिर्सोट होटल तथा चितवन पार्क भिलेजबाट भ्रमण टोलीमा सहभागिता रहेको छ ।
भ्रमणबाट नेपाल भ्रमण वर्ष २०२० को लागि पर्यटन प्रवद्र्धन तथा भारतका सिमावर्ती क्षेत्रका पर्यटकलाई स्थलमार्ग हँुदै चितवनसम्म ल्याउने सकिने अपेक्षा रहेको क्षेत्रीय होटल संघ नेपाल चितवन सौराहाका अध्यक्ष सुमन घिमिरेले जानकारी दिएका छन् । भ्रमण टोली असार ७ गते नेपाल फर्कने घिमिरेले बताए । भ्रमण टोली छिमेकी भारत प्रस्थान गरेको क्षेत्रीय होटल संघ नेपाल चितवन सौराहाका महासचिव राममणि खनालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।