चितवन विशेष

चितवनको खैरहनीमा स्वास्थ्य प्रवद्र्धन कार्यक्रम

Banner

चितवन, असार १-

चितवनको खैरहनी नगरपालिकामा स्वास्थ्य प्रवद्र्धन तथा स्वास्थ्य सचेतना कार्यक्रम आजदेखि सुरु भएको छ ।

खैरहनी नगरपालिकाको आयोजना तथा क्षयरोग निवारण संस्था भरतपुर र व्युटिफुल माइन्ड इन्स्टिच्युट अफ साइक्याट्रीको सहयोगमा दुई दिने कार्यक्रम सुरु भएको हो । नगर उपप्रमुख सुनिता थपलियाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले स्वागत मन्तव्यसहित कार्यक्रमको उदेश्यबारे जानकारी गराएका थिए ।

कार्यक्रमकको पहिलो दिन मानसिक रोग विषेशज्ञ डाक्टर गिरीराज भन्तनाले मानसिक स्वास्थ्य तथा लागूऔषध दुव्र्यसनीका बारे सहजीकरण गरेका छन् । त्यस्तै दोसो दिन मेरो वर्ष अभियान, सर्ने नसर्ने रोग, प्रजनन् स्वास्थ्य, बाल स्वास्थ्यका बारे नगरपालिकाका स्वास्थ्य संयोजक माया पाण्डे र सहसंयोजक रुद्र शर्मा तथा क्षयरोगका बारे क्षयरोग निवारण संस्थाका अर्जुन त्रिपाठीले सहजीकरण गर्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>