चितवन विशेष

गर्मीले खैरहनीका सामुदायिक विद्यालय बन्द

Banner

चितवन, असार १-

चितवनको खैरहनी नगरपालिकाले नगरभित्र रहेका सामुदायिक विद्यालय तीन दिन बन्द गर्ने निर्णय गरेको छ ।

बढ्दो गर्मीलाई मध्यनजर गर्दै असार २ गतेदेखि ४ गते सम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरीले जानकारी दिए । नगर भित्र रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकसँगको छलफलपछि नगरपालिकाले तीन दिन विद्यालय बन्द गर्न लागेको हो ।

गर्मीका कारण विद्यार्थीहरु बेहोस हुन थालेको प्रधानाध्यापकले बताएका छन् । अत्यधिक गर्मीले विद्यार्थी बेहोस हुन थालेको गुनासो प्रधानाध्यापकबाट आयो मेयर चौधरीले भने, ‘तत्कालका लागि तीन दिन विद्यालय बन्द गरिने भए पनि त्यसपछि पनि यस्तै अवस्था रहे थप गर्न सकिन्छ ।

गर्मीका कारण परेको असरबारे जानकारी गराउन प्रधानाध्यापकहरु आज मेयर समक्ष पुगेका थिए । बर्खे बिदा कटौती गर्ने गरी विद्यालय बन्द गरिएको मेयर चौधरीले बताए । खैरहनी नगरपालिका भित्र २८ वटा सामुदायिक विद्यालय रहेका छन् । दिन प्रतिदिन बढ्दो गर्मीका कारण चितवनको सबै क्षेत्रमा असर परिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>